दफा ३२
विदेशी मुद्रामा खाता खोल्न र कारोबार गर्न सक्ने
 (१) अनुमतिपत्रवालाले प्राधिकरणको सिफारिसमा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम स्थापित वाणिज्य बैंकमा विदेशी मुद्रामा खाता खोल्न सक्नेछ ।
(२) अनुमतिपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगको सम्बन्धमा विदेशी मुद्रामा कारोबार गर्न सक्नेछ ।